खड्क सुनार , न्युज कारखाना
मुगु १४ बैशाख
वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको खोँचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त वातावरणको बिचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट छ । वरिपरि माटोले छाएको घरको पर्खाल, सेतो जस्तापाताले टलक्क टल्लेको घर । यो दृश्य हो– मुगुको सोरु गाउँपालिका वडा नं ८ आँसिधारा मा अवस्थित पानीघट्टको । फुलि , सुम्लि र आँसिधारा बासीका लागि घट्ट पिस्ने केन्द्र बनेको छ । आधुनिक घट्ट निर्माण भएपछि तीन गाउँका नागरिकको हर्ष छाएको छ । वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण घट्टमा अन्न पिस्न आउनेको भिड लाग्ने गरेको छ ।
बिशेष गरेर आँसिधारा गाउँका नागरिकहरु बिगतका दिनहरुमा दुईदेखि तीन घण्टा, कहिले त एक दिनको यात्रा गरेर घट्ट पिस्नु जानुपर्ने बाध्यता थियो भने कहिले त पालो कुरेर उतै बास बस्नु पर्ने अवस्था थियो । आँसिधारा , फुलि , सुम्लि बासिका अहिले घण्टौँ हिँडेर अन्न पिस्नु जानुपर्ने बाध्यता हटेको छ । ‘यहाँ घट्ट नहुँदा तीन घण्टा पैदल हिँडेर अन्त जानुपर्ने बाध्यता हटेको सोरु गाउँपालिका ८ आँसिधारा गाउँका जुवाँलाल खड्काले बताए । , पहिले तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थेँ,’ उनले भने ्, ‘तीन घण्टाको बाटो हिँडेर घट्ट पुगे पनि पालो पाइँदैन थियो। दुईदेखि चार दिन घट्ट कुरेर घट्ट पिसेर घर फर्किन्थे। बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने आफ्ना दिन अहिले फेरिएका छन् ।
तीन चार घण्टाको बाटो हिँडेर गए पनि पालो नपाउने समस्या थियो । घट्टमा घट्टेराहरुको भिड हुन्थ्यो । घट्ट पुग्ने बित्तिकै गहुँ कोदा अन्नबालिका बोराले घट्ट भरिभराउ हुन्थे । अगाडि पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले उनी सम्झिन्छन् । जुवाँलाल जस्तै यहाँका २ सय जनसख्याको समस्या उस्तै थिए। तर अहिले दिन फेरिएका छन्।
पहिले तीन चार घण्टा हिँड्ने बाटोमा अहिले आधा एक घण्टामै घट्ट पिस्न सकिन्छ । घट्ट बनेपछि उनीसँगै माथि उल्लेखित गाउँका नागरिकका दुःख टरेको छ । १ लाख ५० हजार लागतमा निर्माण सम्पन्न भएको घट्ट तीन सय बढि नागरिक लाभान्वित भएका छन् । जिल्लाको एक गैर सरकारी संस्था युएम एन मुगु कलष्टरको आर्थिक सहयोग र ग्रामिण सामुदायिक संस्था जिएसएस मुगुको आयोजनामा आँसिधारा गाउँमा आधुनिक पानी घट्ट निर्माण गरि दिए पछि अहिले यहाँका नागरिकहरु हर्षित भएका छन् । यसले गर्दा नागरिकको आवश्यकता लाई परिपुर्ति भएको ग्रामिण सामुदायिक संस्था जिएसएस मुगुका परियोजना संयोजक रुप बहादुर मल्लले बताए ।
नर्सरी तरकारी खेतिमा अब्बल
चुलो चौकोमा सिमित हुने महिलाहरु पछिल्लो समय तरकारी नर्सरी खेतिमा आर्कषित भएका छन् । मौषमि तथा बेमौसमि समयमा उत्पादन हुने तरकारीहरु उत्पादन र नर्सरी गरेर कागति लगायत विभिन्न प्रकारका विरुवाहरु उत्पादन गरि रहेका छन् । यसले गर्दा उनीहरुको आर्य आर्जन र जिविकोपार्जनमा टेवा पुगेको स्थानीयले बताएका छन् ।
बिगतका दिनहरुमा तरकारी खेति के कसरी उत्पादन खेति गर्ने हामि लाई प्राविधिक ज्ञान केही पाएका थिएनौ अहिले युएमएन र जिएसएस मुगुले विभिन्न प्रकारका सल्लाह सुझाव दिदै हामिले तरकारी ,नर्सरी खेति गरेको सोरु गाउँपालिका वडा नं ६ जिमाका स्थानीय डवल लावडले बताए ।
तरकारी खेति गरेर नागरिकले उपभोग मात्र गरेका छैनन , बजारीकरणमा सहजै पहुँच पुगि आम्दानि गरि घर खर्च पनि चलाई रहेका छन् । उनीहरुले आफ्नो बारीमा हरियो सागपात , काउली धनिया , प्याज , टमाटर लगायत तरकारी उत्पादन गरि मासिक रुपमा १० हजार सम्म आम्दानि गरि रहेको सोरु गाउँपालिका वडा नं ६ कि मायालक्ष्मि कामिले बताईन ।
साथै यस संस्थाले जिविकोपार्जन मात्र नभई सहजै सडक बाटो लाई नजर दिएको छ । आवतजावतमा समस्या भएको सोरु गाउपालिका वडा नं ८ रुम गाउँ जाने गोरेटो बाटो निर्माण गरिदिए पछि पशुचौपाय नागरिक लाई हिडुलमा सहज भएको युएमएन मुगु कलष्टरका परियोजना अधिकृत निशा अधिकारीले बताईन । उनका अनुसार मुगु विपद पुर्नलाभ सहयोग परियोजना अन्तर्गत यि कार्यक्रमहरु सञ्चालन भएको अधिकृत अधिकारीले बताईन ।