Tuesday, March 11, 2025

ट्रेन्डिङ :

आफै प्रधानमन्त्री बन्ने एक्ससाइज गरिरहेका माधवको जसपा फुटेपछि सातो गयो

spot_img
spot_img

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका अध्यक्ष माधव नेपालले यही गठबन्धनलाई निरन्तरता दिने कुरामा आफू प्रष्ट रहेको पार्टीको बैठकमा ब्रिफिङ गरेका छन्। आज बसेको संसदीय दलको बैठकमा गठबन्धनमा आबद्ध दलबाट आफ्नो पार्टीलाई भएको व्यवहारको विषयमा आफूले प्रष्ट राख्दै आएको बताए।

अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै एक सांसदले भने, हामी अहिले गठबन्धनमा छौँ त्यहाँ हामीले हाम्रो सबै विषय प्रष्ट राख्छौँ। पार्टीका विरुद्ध भ्रम पार्न कोसिस भइरहेकाले त्यसमा सचेत हुने आग्रह गरे।

सत्ता गठबन्धनमा आबद्ध भएपछि पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष नेपालको आरोप प्रत्यारोप र छेडखानी चल्दै आइरहेको छ। त्यसो अध्यक्ष नेपालले उपेन्द्र यादवसँग मिलेर सरकार ढाल्ने खेलमा लागेकै कारणले अहिले जसपा विभाजित बनेकोसम्म चर्चा छ। जसपा फुटेपछी प्रधानमन्त्रीको एक्ससाइज गरिरहेका माधव आफ्नो पार्टी विभाजन हुने डरले ब्याक भएको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?