Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

झापाको दुई बैंकमा दुर्गा प्रसाईँका कार्यकर्ताले गरे तोडफोड

spot_img
spot_img
spot_img

झापा । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । सोक्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ । आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्‍याली निकालेको थियो ।

प्रहरीका अनुसार बिर्तामोड-५ को सिटी सेन्टरअगाडिबाट सुरू र्‍याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२/१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिइएकामा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल छन् ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?