Friday, November 22, 2024
spot_img

ट्रेन्डिङ :

रविलाई झट्का, एक लाख ५० हजार तलब खाईरहेका चितवन कार्यालयका सीईओ बरालले दिए राजीनामा

spot_img
spot_img

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन–२ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् । उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए । उनले राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । बरालले मासिक एक लाख ५० हजार रुपैयाँ तलब लिने गरी काम सुरु गरेका थिए ।

गत वर्ष साउनमा विज्ञापन आह्वान गरेर लामिछानेले निर्वाचन क्षेत्र कार्यालयमा सीईओ राखेका थिए । उनलाई एक वर्षका लागि भनेर नियुक्त गरिएको भए पनि ८ महिनामै सम्झौता रद्द गरिएको रास्वपाका एक नेताले जानकारी दिए । लामिछानेले निर्वाचन क्षेत्रमा सञ्चालन गरेका ब्लू बस र ब्लू एम्वुलेन्स सेवा पनि बन्द हुने अवस्थामा पुगेका छन् । रास्वपाका एक नेताले दिएको जानकारी अनुसार पुरानो मेडिकल कलेजसँगको समन्वयमा थालिएको स्वास्थ्य शिविर कार्यक्रम केही समयदेखि लगभग बन्दको अवस्थामा छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?