Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

जब केपी ओली बाउला सुक्र्याउँदै धनराज गुरुङलाई थर्काउन वेलमा गए त्यसपछि शुरु भयो धकेलाधकेल

spot_img
spot_img

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि बिहीबार सदन झन्डै मुठभेडमा परिणत हुने स्थितिमा पुगेको थियो । बैठक सुरुआत भएसँगै नेपाली कांग्रेसले वेलमै झरेर नाराबाजी सुरु गरेको थियो । नाराबाजीकै बीचमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गर्दै प्रक्रिया अघि बढाएका थिए । प्रमुख प्रतिपक्षीसहितका दलहरूले नाराबाजी गरिरहँदा सभामुखले सदन अघि बढाएको र एमाले पनि वेलमा उत्रिएपछि मुठभेडमा परिणत भएको थियो । सत्तारूढ नेता केपी शर्मा ओली समेत वेलमा उत्रिएपछि कांग्रेस र एमालेबीच तनावको स्थिति पैदा हुन पुगेको हो ।

प्रतिपक्षी कांग्रेससँग राप्रपासहितका प्रतिपक्षमा रहेका दलहरुले पनि सभामुखलाई जबर्जस्ती नगर्न ध्यानाकर्षण गराए । तर, सभामुख घिमिरेले नाराबाजीको स्वर मधुरो भएपछि पुनः कार्यसूचीमा प्रवेश गर्ने क्रम जारी राखे । प्रतिपक्ष दलहरू अझै उत्तेजित हुँदै नाराबाजी गरिरहे । यतिकैमा सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए । वेलमै नाराबाजी गरेका प्रतिपक्षीले बाटो अवरोध गरे । सभामुखले प्रतिपक्षी सांसदहरूलाई बस्न आग्रह गर्दै गृहमन्त्री लामिछानेलाई भनाइ राख्न रोष्ट्रममा बोलाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओेली स्वयम् नै आक्रोशित हुँदै उत्रिएपछि कांग्रेस सांसदहरूसँग भनाभन भयो । कांग्रेसका उपसभापति धनराज गुरुङसँग भनाभन भइरहँदा एमालेका सांसदहरूले उनलाई धकेलिदिएका थिए । केहीबेर कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भयो । तर एमाले सांसदहरुले कांग्रेस उपसभापति गुरुङ ओलीमाथि आक्रमणमा उत्रिएको दाबी गर्दै आएका छन् । सभामुख घिमिरेले यी दृष्यहरू टुलुटुल हेरिरहेका थिए । सदनमा ओलीमाथि प्रतिपक्षी सांसदहरू खनिएपछि सभामुख आत्तिएका थिए । नाराबाजी अझै चर्किएर थप द्वन्द्वको अवस्था बनेपछि बल्ल सभामुख घिमिरेले गृहमन्त्रीलाई आसन ग्रहणका लागि आग्रह गर्दै बैठक स्थगित गरे ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?