प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन् ।
नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिका टिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दै समर्थन फिर्ता लिन चुनौति दिए । राजीनामा देऊ राजीनामा देऊ । हटाउन न । हटाउ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ । म सँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । लैजाऊ । चाहिएको छैन तिम्रो समर्थन । लैजाऊ,” उनले भने ।
प्रधानमन्त्री ओलीले आफै सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यंग्य गरे ।
उनले भने “काँग्रेसकोमा जान्छन् रुन कराउन । अनि जसपाका जान्छन् । अनि हल्ला फैलाउँछन् । केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस् । म दिन्छु टिकट । टिकट त बसपार्कमा बाडेको बाडेई छ त । माधव नेपालले टिकट बाँड्न सक्नुहुन्छ ? अब सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै बन्नुहुन्न अर्कालाई के बनाउनुहुन्छ ?”
प्रधानमन्त्री ओलीले अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गरे माधव नेपाललाई पार्टीमा काम गर्न दिइने भन्दै फर्किन आह्वान गरे । उनले पार्टीमा रहेर काम गर्न दिइने तर गुटबन्दी गर्ने छुट नदिने चेतावनी दिए ।