वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजेश हार्डवेयरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त हार्डवेयरले कम तौलको फलाम/डन्डी बिक्री गरेको अभियोगमा विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (कं) बमोजिम जरिवाना गरेको हो ।
‘हार्डवेयरले अनुचित व्यापारिक क्रियाकलाप गरेको आधारमा तत्काल ३ लाख जरिवाना गरेका छौं,’ विभागका प्रवक्ता शिवराज सेडाईले भने, ‘उक्त हार्डवेयरउपर विस्तृत अनुसन्धान र छानबिनपश्चात् थप सजाय गर्छौं ।’
शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र प्रहरीसहितको टोलीले डन्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । कम तौल भेटिएपछि बस्तुहरु नियन्त्रणमा लिई सटर शिलबन्दीसमेत गरेको थियो