चीनले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप दिने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले दुई देशका राष्ट्रपतिबीच भएको फोनवार्तापछि अनुदानस्वरुप उक्त सहयोग दिन लागेको जानकारी दिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षीसँग फोनवार्ता गरेकी थिइन् ।